पब्जी खेल्न रोकेपछि छोराले गरे आमाको हत्या

न्युजलय २५ जेठ २०७९, बुधबार ०३:१२ मा प्रकाशित

काठमाण्डौ । भारतको लखनऊमा १६ वर्षिय एक किशोरले पब्जी खेल्नबाट रोकेको भन्दै आफ्नै आमाको गोली हानेर हत्या गरेका छन्।

उनले आमाको हत्या गरेपछि तीन दिनसम्म आमाको शव घरभित्रै लुकाएर राखेका थिए। भने बहिनीलाई कोठमा बन्द गरेर राखेका थिए। मृत शरिरबाट दुर्गन्ध आउन थालेपछि छोराले आमाको हत्या बारेमा प्रहरीलाई बताएका थिए।