नयाँदिल्ली । सन् २००२ मा भएको गुजरात दंगाका मुख्य आरोपी भनिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफाइ पाएका छन् । दंगाको समयमा मोदी गुजरातका मुख्यमन्त्री थिए । उनलाई सर्वोच्च अदालतले सफाइ दिएको हो ।
मोदीलाई आरोपीको सूचीमा समावेश नगरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।
सर्वोच्चले त्यस रिटलाई खारेज गरिदिएको हो । अदालतले गुजरात दंगामा कुनै समुदायमाथि हिंसा फैलाउने षड्यन्त्र कुनै पनि उच्च सरकारी तहबाट नभएको भन्दै रिट खारेज गरिदिएको हो । त्यो समयको जातिय दंगामा झण्डै दुई हजार मानिस मारिएका थिए ।