जेरुसेलम । इजरायलले आफ्ना देशका टर्की भ्रमण नगर्न चेतावनी दिएको छ।
इरानले गत हप्ता इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी)का एक वरिष्ठ अधिकारीको हत्याको बदला लिन सक्ने भएकाले यस्तो चेतावनी दिइएको हो।
इजरायलको राष्ट्रिय सुरक्षा परिषद् काउन्टर टेररिज्म ब्युरोले तेहरानले टर्कीमा इजरायली पर्यटकहरूलाई आक्रमण गर्न खोजिरहेको हुन सक्छ भन्दै यसलाई अहिले उच्च स्तरको जोखिम भएको देशको रूपमा चित्रण गर्दै सो चेतावनी दिएको हो।
इरानसँग सीमा जोडिएका अन्य देशहरूमा पनि उच्च खतराको स्तर रहेको बताएको छ।
इरानले आइआरजिसी कर्णेल हसन सय्यद खोदेईको हत्याको इजरायललाई आरोप लगाएको छ र उनको मृत्युको बदला लिने बताएको छ। गत आइतबार खोदेईको गोली हानी हत्या गरिएको थियो।