काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले सवारी चालकहरूको लागि इन्धन आपूर्ति सीमित गरेको छ ।
सरकारको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम कर्पोरेसन (सिपिसी)ले दुई पांग्रे सवारी साधन भएका व्यक्तिहरूलाई एक पटकमा बढीमा १ हजार श्रीलंकाली रुपैयाँ बराबरको पेट्रोल दिने भएको छ ।
जबकि तीन पांग्रे सवारी साधनले १५ सय श्रीलंकाली रुपैयाँ मूल्यको इन्धन (पेट्रोल वा डिजेल) र कार, भ्यान र जिपले ५ हजार रुपैयासम्मको पाउन सक्नेछन् ।
तर बस, लरी र अन्य व्यावसायिक सवारी साधनमा भने यो सीमा लागू हुनेछैन।