काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टामा २ लाख ७१ हजार २०२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घन्टामा १६ लाख बढीले कोरोना जाँच गराएका थिए। जसमध्ये सो संख्यामा संक्रमण देखिएको हो। शनिबारको तुलनामा आइतबार २ हजार ३६९ बढी संक्रमित थपिएका हुन्।
नयाँ थपिएका संक्रमितसहित भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ५० हजार ३७७ पुगेको हो। यस्तै पछिल्लो २४ घन्टामा भारतमा कोरोनाबाट ३१४ जनाले ज्यान गुमाएका छन्।