अमेरिकाको रात्रि क्लबमा गोली चल्दा ५ जनाको मृत्यु, १८ घाइते

न्युजलय ४ मङ्सिर २०७९, आइतबार ०८:४३ मा प्रकाशित

काठमाडौं । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।


घटना राति ११ः५७ बजे भएको थियो। उक्त क्लबस्थित शहर राज्यकै दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो । उक्त क्लब समलिङ्गी नाइट क्लब भएको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन भने हुन बाँकी छ ।