एजेन्सी । रुसले अमेरिकाका ९६३ भीआइपीहरुलाई सधैँभरिका लागि रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । यसमा राष्ट्रपति जो बाइडेनदेखि थुप्रै वरिष्ठ नेताहरु, विभिन्न रिपब्लिकन सिनेटर, प्राविधिक प्रमुख जस्तै फेसबुकका जुकरबर्ग, कलाकार मोर्गन फ्रिमन लगायत धेरै प्रख्यात व्यक्तिहरु छन् ।
डोनाल्ड ट्रम्पको नाम भने सूचीमा आएके छैन । पूर्व विदेशमन्त्री माइक पोम्पेओमाथि समेत यो प्रतिबन्ध जारी छ । त्यस्तै एबीसी न्युज, न्युयोर्क टाइम्स, सीएनएन लगायत केही चर्चित मिडियाका संचारकर्मीहरुको नाम पनि सूचीमा उल्लेख छ ।