भारतमा एकैदिन २ लाख ४७ हजार बढीमा कोरोना संक्रमण

न्युजलय २९ पुस २०७८, बिहिबार १०:५२ मा प्रकाशित

काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ४१७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। 

ओमोक्रन भेरियन्ट फैलिएसँगै भारतमा दैनिक संक्रमितको संख्य बढ्दै गएको हो। बुधवार १ लाख ९४ हजार ७२० जनामा संक्रमण देखिएको थियो। 

यस्तै, थप ६२० जनामा ओमोक्रन भेरियन्ट देखिएको छ। हालसम्म भारतमा ५ हजार ४८ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ।

संक्रमणका कारण थप ३८० जनाको मृत्यु भएको छ। यससँगै कुल मृतकको संख्या ४ लाख ८५ हजार ३५ पुगेको छ।