छुरा प्रहार गरी बेलायती सांसदको हत्या

न्युजलय ३० असोज २०७८, शनिवार ०७:०६ मा प्रकाशित

लन्डन । बेलायतमा शुक्रबार छुरा प्रहार गरी एक सांसदको हत्या भएको छ । 

सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद डेभिड अमेसलाई चर्चमा एक जनाले छुरा प्रहार गरेका थिए । गम्भीर अवस्थामा अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

प्रहरीले हमलाकारीलाई हत्यामा प्रयोग भएको छुरासहित नियन्त्रणमा लिएको छ । 

हमलाकारीको उमेर २५ वर्ष बताइएको छ । उनले किन सांसदमाथि हमला गरे भन्नेबारे खुल्न सकेको छैन ।