काठमाण्डौ । रुसले गरेको बम आक्रमणमा सात जनाको ज्यान गएको बीबीसीले बताएको छ ।
पोदिल्स्कमा रहेको एक सैनिक अड्डामा भएको आक्रमणमा ६ जना मारिएका र सात जना घाइते भएका अधिकारीहरूले बताएका छन् । अन्य १९ जना हराइरहेका बीबीसीमा उल्लेख छ ।
युक्रेनी प्रहरीका अनुसार मेरियोपोलमा अर्का एक जनाको ज्यान गएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज बिहीवार बिहान युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए ।
त्यो घोषणापछि रुसले युक्रेनका सैनिक अड्डाहरूमा आक्रमण गरेको हो । युक्रेनले पनि यसको पुष्टि गरेको छ र केही ठाउँमा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ ।
यद्यपि रुसले भने नागरिक रहेका क्षेत्रमा आक्रमण नगरेको बताएको छ ।