अमेरिकाको न्युयोर्कमा गोली चल्दा १० जनाको मृत्यु

न्युजलय ३२ बैशाख २०७९, आइतबार ०७:११ मा प्रकाशित

एजेन्सी । अमेरिकाको न्युयोर्कमा शनिबार भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ। न्युयोर्कको एउटा ग्रोसरी स्टोरमा १८ वर्षीय किशोरले गोली चलाएका हुन्।

गोली लागेर १० जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। श्वेत किशोरले जातीय घृणाका कारण गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । गोली लागेका १३ मध्ये ११ जना अश्वेत थिए।