२९ वटा डमरु जन्माएकी ‘कलरवाली’को मृत्यु, विधिवत रुपमा गरियो अन्तिम संस्कार

न्युजलय ३ माघ २०७८, सोमबार ०१:४१ मा प्रकाशित

काठमाडौं । भारतमा २९ वटा डमरु जन्माएको बाघको मृत्यु भएको छ । संसारमा धेरैपटक तस्बिर खिचिएको बाघको रूपमा चर्चित ‘कलरवाली’ को गत शतिबार प्राकृतिक रुपमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


मध्य प्रदेशस्थित पेन्च टाइगर रिजर्भमा रहेको बघिनी कलरवालीको १७ वर्षको उमेरमा मृत्यु भएको हो । संसारमा बाघको संख्या कम भएको समयमा आफ्नो जीवनकालमा २९ वटा डमरु जन्माएकी कलरवालीलाई ‘सुपर–मम’ पनि भन्ने गरिएको थियो ।


कलरवालीले सन् २००८ देखि २०१८ सम्म ८ पटकमा २९ वटा डमरुको जन्माएकी थिइन् । कलरवालीको मध्य प्रदेश वन विभागले विधिवत रुपमा अीन्तम संस्कार समेत गरेको छ ।


कलरवालीको निधनपछि मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले श्रद्धाञ्जली दिएका छन्।