एजेन्सी । बुर्किनाफासोको उत्तरपश्चिमी प्रान्तमा भएको सुरक्षा कारवाहीका क्रममा कम्तिमा २२ जना आतङ्ककारी मारिएका छन्।
उक्त प्रान्तमा केहीदिन यतादेखि आतङ्ककारी गतिविधि जारी रहेको भन्ने सूचनाका आधारमा सुरक्षाकर्मीहरुले सो कारबाही अघि बढाएको थियो।
सो प्रान्तका तीन ओटा आतंककारी आश्रयस्थल पनि प्रहरीले भत्काइदिएको छ। त्यसक्रममा ठूलो संख्याका हतियारहरु पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।