नयाँदिल्ली । अफगानिस्तानको तालेवान नेतृत्व सरकारसँग भारतले सम्बन्ध अघि बढाएको छ । पहिलोपटक तालिवान सरकारसँग औपचारिक कूटनीतिक सम्बन्ध बढाएको हो ।
यसअघि पनि भारतले अफगानी जनताका लागि खाद्यान्न र औषधिलगायतका सामग्री पठाइरहेको थियो । भारतले पहिलोपटक आफ्ना अधिकारीलाई काबुल पठाएको हो । टोलीले भारतले अफगानिस्तानलाई उपलब्ध गराएको मानवीय सहायताको निरीक्षण गर्ने तथा अफगानिस्तान सरकारलाई सहयोग पुर्याइरहेका विदेशी संघसंस्थासँग भेटघाट गर्ने बताइएको छ ।