एक हजार बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

न्युजलय ३० चैत २०७८, बुधबार ०६:४७ मा प्रकाशित

काठमाडौं । एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधबार जनाएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनको ३६औँ मरिन ब्रिगेडका १६२ अधिकारीसहित एक हजार २६ सैनिकले आत्मसमर्पण गरेका हुन् ।

 

१५१ जना घाइते युक्रेनी सैनिकलाई मारिउपुलका अस्पतालमा पठाइएको पनि रुसी रक्षा मन्त्रालयले जनाएको छ । आत्मसमर्पण गरेका सैनिकहरूलाई  एक महिनाभन्दा बढी समयदेखि रुसी सेनाले आफ्नो नियन्त्रणमा राखेको बताइएको छ ।