कोभिड–१९ बाट अमेरिकामा दस लाख जनाको मृत्यु

न्युजलय ४ जेठ २०७९, बुधबार ०९:२९ मा प्रकाशित

काठमाडौं । अमेरिकामा कोभिड–१९ बाट मर्नेको सङ्ख्या दस लाख नाघेको छ। कोभिड–१९ ले सबैभन्दा नराम्ररी प्रभावित मुलुकमध्ये एक अमेरिका यस महामारीमा १० लाख मृतक पुग्ने पहिलो मुलुक बनेको छ। 

 

जोन होप्किन्स युनिर्भसिटीको तथ्याङ्क अनुसार मंगलबार अमेरिकाको मृतकको सङ्ख्या दस लाख पुगेको हो । यो तथ्याङ्कले कोभिड–१९ को भयावह स्थितिलाई उजागर गर्छ। गत साता, अमेरिकी राष्ट्रपति जो बाइडेनले दस लाख मानिसको मृत्युको अर्थ ‘हरेक परिवारको डिनर टेबलमा एउटा कुर्सी खाली हुनु हो’ बताएका थिए। उनले त्यस अवसरमा ‘महामारी अन्त्य नभइसकेकोले’ अमेरिकीले अझै पनि भाइरसप्रति सतर्कता हुनुपर्ने बताएका थिए।