हाइटीमा दुई पत्रकारलाई जिउँदै जलाइयो

न्युजलय २३ पुस २०७८, शुक्रबार १२:५८ मा प्रकाशित

काठमाडौँ । हाइटीमा एक गिरोहले दुई पत्रकारलाई जिउँदै जलाएका छन् ।

हाइटीको पोर्ट–ओ–प्रिन्सको पेटन भिले भिले नजिक टि मकाक नामको गिरोहले दुई पत्रकारलाई जिउदै जलाएर हत्या गरेको हाइटियन सुरक्षा बललाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।

सो घटनामा तेस्रो पत्रकार भने भाग्न सफल भएको बताइएको छ । हाइटियन मिडिया आउटलेट रेडियो इकोउट एफएमले पत्रकारलाई यस क्षेत्रमा सुरक्षाको अभावको रिपोर्टिंग गर्ने क्रममा पहिला गोली हानिएको र जिउदै जलाएर मारिएको बताएको छ ।