भारतमा थप ३ हजार ७०२ जनामा कोरोना पुष्टि, एक सयको मृत्यु

न्युजलय २६ फाल्गुण २०७८, बिहिबार ०८:३५ मा प्रकाशित

काठमाडौँ । भारतमा थप ३ हजार ७०२ जना कोरोना सक्रमित थपिएका छन् ।


पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएसँगै कोरोनाका कुल संक्रमितको संख्या ४ करोड २९ लाख ७९ हजार ५८५ पुगेको छ । तीमध्ये हालसम्म ४ करोड २४ लाख १३ हजार ५६६ जना निको भइसकेका छन् ।


पछिल्लो एक दिनको अवधिमा मात्रै १०४ जनाको मृत्यु भएको छ । यससँगै भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख १५ हजार ४९० पुगेको छ ।


हाल त्यहाँ कोरोनाका सक्रिय संक्रमितको संख्या ५० हजारमा झरेको छ ।