तीन जनामा कोरोना देखिएपछि चीनको एक सहरमा लकडाउन

न्युजलय २० पुस २०७८, मङ्गलबार ०९:३४ मा प्रकाशित

काठमाडौं । नेपालको उत्तरी छिमेकी देश चीनको हेनान प्रान्तको एक सहरमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि सम्पूर्ण सहरमा लकडाउन गरिएको छ ।


जसका कारण १० लाखभन्दा धेरै मानिसहरू आफ्नै घरमा बस्न बाध्य भएका छन् । सार्वजनिक यातायात, प्रत्यक्ष रूपमा विद्यालयको पठनपाठन र सार्वजनिक कार्यक्रमहरू रद्ध गरिएका छन् । अत्यावश्यक वस्तुहरूको सप्लाइ गर्न मात्र अनुमति दिइएको छ ।


चीनमा कोरोना संक्रमणलाई ख्याल गर्दै कडा नियमहरू लागू गरिएको छ । यद्यपि, चीनमा यही साल शीतकालीन ओलम्पिक पनि हुने र कोरोना संक्रमण पनि बढ्दै जानुले संशय उत्पन्न भएको छ ।