काठमाण्डौ । मुस्लिमहरुको धर्मग्रन्थ कुरानलाई एक हिन्दु मन्दिरको मूर्तिको खुट्टा मुनि राखेको तस्विर भाइरल भएपछि बंगलादेशमा देशभर हिन्दुहरुमाथि आक्रमण भइरहेका छन् ।
देशका विभिन्न स्थानमा मन्दिरहरूमाथि तोडफोड भएका छन् । शनिबार करिब १० हजार प्रदर्शनकारीहरु इस्लामिक राजनीतिक दलहरुको झण्डा बोकेर ढाकाको सडकमा उत्रिएका थिए ।
शुक्रबार सोही स्थानमा भएको प्रदर्शनमा प्रहरीसँग झडप भएको थियो । उनीहरुले इस्लामका दुश्मनहरुलाई सजाय दिन र दोषीलाई झुण्डाउन माग गर्दै नाराबाजी गरेका थिए ।
पछिल्लो हिंसामा कम्तिामा ७ जनाले ज्यान गुमाइसकेका छन् । हिन्दुहरुमाथि आक्रमण बढेपछि हिन्दु समुदायका कबिर १ हजार जनाले पनि प्रदर्शन गरेका छन् । बंगलादेशमा कूल जनसंख्याको करिब ९ प्रतिशत हिन्दु रहेका छन् ।