चिया कम पिउन पाकिस्तानका जनतालाई अनुरोध

न्युजलय ३२ जेठ २०७९, बुधबार ११:५० मा प्रकाशित

बीबीसी ।  पाकिस्तानका जनतालाई  ‘कम चिया पिउन’ भनिएको छ।

वरिष्ठ मन्त्री एहसान इकबालले देशको अर्थतन्त्रको हितको लागि चियाका कपको संख्या घटाएर अर्थतन्त्रको हितमा जनताले योगदान दिन सक्ने बताए। 

पाकिस्तानमा विदेशी मुद्रा सञ्चितिको नाजुक अवस्था छ। हालको अवस्था हेर्दा पाकिस्तानसँग दुई महिनालाई मात्र पुग्ने आयात गर्न सक्ने विदेशी मुद्रा सञ्चिति छ। पाकिस्तानमा विदेशी कोष बढाउने दबाब उत्पन्न भएको छ।

पाकिस्तानले हरेक वर्ष करिब ६० करोड डलरको चिया खरिद गर्छ। पाकिस्तानमा आर्थिक संकटसँग जुध्न साना–साना तर धेरै कदम चालिएका छन्।

बिजुलीको बचत गर्न राती पसल बन्द गर्न सुझाव दिइएको छ। चिया पिउन कम गर्ने सुझावलाई लिएर सामाजिक सञ्जालमा धेरै चर्चा छ।