काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार मानिस कोरोना भाइरस संक्रमित भएका छन्।
यसमा ओमिक्रोन भेरियन्ट संक्रमितको संख्या ५ हजार ७ सय ५३ संक्रमित रहेका छन्। भारतको स्वास्थ्य मन्त्रालयको अनुसार ३ सय १५ जनाको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएको छ।
बिबिसी हिन्दीका अनुसार कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या १ लाख ९ हजार ३ सय ४५ रहेको छ।