भारतको आसाम र मेघालयमा बाढी, कम्तीमा ३२ जनाको मृत्यु

न्युजलय ५ असार २०७९, आइतबार १२:४८ मा प्रकाशित

काठमाण्डौ । भारतको आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर कम्तीमा पनि ३२ जनाको मृत्यु भएको छ । 

असाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । भारतीय उत्तर पश्चिमी यी दुई राज्यमा वर्षा आइतबार पनि जारी रहेको बताइएको छ ।

असामको विपद् व्यवस्थापन विभागका अनुसार असाममा शुक्रबारदेखि निरन्तर वर्षा जारी रहेको पाइएको छ ।असाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ । 

यहाँका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर कम्तीमा पनि १८ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् ।

मेघालयका पनि दर्जनौँ जिल्लामा बाढीको प्रकोप बढेको छ । ती जिल्लामा शनिबारसम्ममा १९ जनाको ज्यान गएको बताइएको छ । 

यहाँको मौसम विभागले बाढीको प्रकोप रहेकाले सतर्कत अपनाउन सूचना जारी गरेको छ ।