भारतमा सेनाको गाडी दुर्घटना हुँदा ७ सैनिकको मृत्यु, १९ जना घाइते

न्युजलय १४ जेठ २०७९, शनिवार ०७:१७ मा प्रकाशित

काठमाडौं । भारतको लद्दाखमा सेनाको गाडी दुर्घटना हुँदा सात सैनिकको मृत्यु भएको छ भने १९ जना गम्भीर घाइते भएका छन्। 


लद्दाखको प्रतापपुरस्थित ट्रान्जिट क्याम्पबाट सब सेक्टर हनिफतर्फ गइरहेको २६ सैनिक सवार गाडी सडकबाट श्योक नदीमा खसेको थियो। भारतीय सेनाका प्रवक्ताले घटनाबारे पुष्टि गर्दै समाचार एजेन्सी पीटीआईलाई जनाए अनुसार गाडी सडकबाट करिब ५०–६० फिट तल नदीमा खसेको थियो।


दुर्घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।