ब्राजिलमा बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो

न्युजलय १६ जेठ २०७९, सोमबार ०५:४७ मा प्रकाशित

काठमाडौ । ब्राजिलमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण ५६ जनाको मृत्यु भएको छ । यस्तै अझै ५६ जना बेपत्ता छन् ।

बाढी र पहिरोबाट प्रभावित व्यक्तिको उद्धारमा करिब चार हजार उद्धारकर्मी खटाइएको छ । उक्त सहरमा मात्र ३० भन्दा बढी मानिसको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले स्थितिको मूल्याङ्कन गर्न सोमबार रेसिफको भ्रमण गर्ने उनले ट्वीटरमार्फत् प्रेषित एक सन्देशमा जानकारी गराएका छन् ।

बाढीका कारण हजारौं विस्थापित भएका छन् ।