भारतमा भूकम्पको धक्का महसुस

न्युजलय २० कार्तिक २०७९, आइतबार १२:०९ मा प्रकाशित

काठमाडौं । भारतका विभिन्न स्थानमा आइतबार भूकम्पको धक्का महसुस भएको छ ।

उत्तराखण्डको उत्तरकाशीको चिन्यालिसौरबाट ३५ किलोमिटर टाढा केन्द्रबिन्दु भएर बिहान स्थानीय समयअनुसार ८ः३३ बजे भूकम्प गएको हो ।

४.७ मापन गरिएको भूकम्पको धक्का देहरादुन, उत्तरकाशी, बारकोट, टिहरी र मसुरीलगायत स्थानमा महसुस गरिएको थियो ।

भारतको उत्तराखण्ड भूकम्पको जोखिम भएको क्षेत्र मानिन्छ ।