चिकित्सकले मृत घोषित गरेका शिशु दाह संस्कारमा रोएपछि

न्युजलय २३ पुस २०७८, शुक्रबार ०३:५५ मा प्रकाशित

काठमाण्डौ । चिकित्सकले मृत घोषित गरेका एक शिशु दाह संस्कारको तयारीका क्रममा चिच्चाउन थालेपछि टर्कीका एक दम्पत्ति चकित परेका छन् । 

टर्कीको युरिजिर स्टेट हस्पिटलका चिकित्सकहरूले शिशु जन्मिँदै मृत भएको बताएपछि ३२ वर्षीया मेलिक सेर्ट र उनका ३४ वर्षीया हसन सर्ट विक्षिप्त बनेका थिए ।

पाँच महिनामा यही २ जनवरीमा जन्मिएका ती शिशु जन्मँदै मृत भएको भन्दै चिकित्सकहरूले ‘मृत्युको प्रमाण पत्र’ दिएका थिए । शिशुको समय नपुगी जन्मिएको चिकित्सकहरूले बताएका थिए ।

चिकित्सकले दिएको प्रमाणपत्र गोजीमा राखेर बाबु शिशुलाई पुर्न खाल्डो खनिएको स्थानतर्फ कारमा जाँदै थिए । जाने क्रममा अकस्मात कारभित्र शिशु चिच्याउन थाले । शिशु रुन थालेपछि उनले तत्कालै गाडी अस्पताल फर्काएका थिए, जहाँ उनी अहिले जीवन र मृत्युको दोसाँधमा संघर्षरत छन् ।

शिशुलाई जोगाउन तत्काल रगत आवश्यक परेको चिकित्सकले बताएका छन् । शिशु जन्मिनु एक महिनाअघि आमा गम्भीर बिरामी परेकी थिइन् ।