एजेन्सी । कर्नाटकको बिदरमा ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।
बेमलखेडा गाउँ नजिकै शनिबार दुर्घटना भएको र दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले जनाएको छ ।
घटनाबारे बेमलखेडा प्रहरी चौकीमा उजुरी परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी छ।