तान्जानियाको एउटा विमान लेक भिक्टोरियामा दुर्घटना

न्युजलय २० कार्तिक २०७९, आइतबार ०३:५२ मा प्रकाशित

काठमाण्डौ । तान्जानियाको प्रिसिजन एअरको एउटा विमान आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरियामा दुर्घटनाग्रस्त भएको छ।

स्थानीय सञ्चारमाध्यमहरूले कम्तीमा २० जना मानिसहरूको उद्धार गरिएको जनाएका छन्। करिब ५० जना व्यक्ति सो विमानमा सवार रहेको ठानिएको छ।

आर्थिक राजधानी दर ए सलामबाट उक्त विमान उडेको थियो। उद्धार कार्य जारी रहँदा तान्जानियाका राष्ट्रपतिले शान्त रहन अपिल गरेका छन्।

उद्धारकर्ताहरूलाई स्थानीय माझीहरूले पनि खोजीमा सघाइरहेका छन्।

उक्त विमानले आँधी र ठूलो वर्षाको सामना गर्नुपरेको विवरण आएका छन्। प्रिसिजन एअर तान्जानियाको प्रमुख निजी वायुसेवा हो।