भारतमा १२ हजारभन्दा बढीमा देखियो कोरोना संक्रमण

न्युजलय २ असार २०७९, बिहिबार १०:४८ मा प्रकाशित

काठमाण्डौ । भारतमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। 

पछिल्लो २४ घण्टामा भारतमा १२ हजार २१३ जनामा संक्रमण देखिएको छ। यस्तै, ११ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै एक दिनमा ७ हजार ६२४ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभार ५८ हजार २१५ जना सक्रिय कोरोना संक्रमित छन्।

मानिसहरुलाई सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ।