विश्वभर एकैदिन थपिए २७ लाख बढी कोरोना संक्रमित

न्युजलय २८ पुस २०७८, बुधबार ०७:३० मा प्रकाशित

काठमाडौँ । विश्वभर हालसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिएका छन् ।


पछिल्लो २४ घण्टामा २७ लाख ११ हजार ७०६ जना कोरोना संक्रमित फेला परेका हुन् ।


थपिनेमा अमेरिकामा ६ लाख २५ हजार, फ्रान्समा ३ लाख ६८ हजार, इटलीमा २ लाख २० हजार, स्पेनमा एक लाख ३५ हजार, अर्जेन्टिनामा एक लाख ३४ हजार र बेलायतमा एक लाख २० हजार जना छन् ।


यही अवधिमा ९ लाख २३ हजार जना कोरोनामुक्त भएका छन् भने ७ हजार ७५८ जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा अमेरिकाका २ हजार १०७, रुसका ७८३, बेलायतमा ३७९, फ्रान्समा ३४१, इटलीमा २९४ र टर्कीमा १३७ जना छन् ।