लसएन्जेल्स । अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकान्डमा कम्तीमा ६ जनाको ज्यान गएको छ । अन्य १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान सबेरै अचानक गोली चल्न थालेपछि भागदौड मच्चिएको थियो । अझैसम्म कुनै पनि शंकास्पद व्यक्तिलाई हिरासतमा लिइएको छैन ।
स्टेट क्यापिटल विल्डिङदेखि केही परका सडकहरूमा स्थानीय समयअनुसार बिहान करिब २ बजेतिर यो घटना घटेको हो ।
बन्दुक हिंसा अभिलेख वेबसाइकाअनुसार अमेरिकामा बर्सेनि गोलीकान्डमा करिब ४० हजार मानिसको ज्यान जाने गरेको छ ।