भारतमा एकैदिन ३१ सय ५७ जनामा कोरोना संक्रमण

न्युजलय १९ बैशाख २०७९, सोमबार १२:०६ मा प्रकाशित

काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टामा थप ३१ सय ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। 

योसहित भारतमा कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार ५ सय पुगेको छ। पाँच राज्यमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको बताइएको छ।

दिल्‍लीमा सबैभन्दा बढी १४ सय ८५ संक्रमित भेटिएका छन्।  पछिल्लो २४  घन्टामा कोरोनाबाट २६ जनाले ज्यान गुमाएका छन्। 

योसहित देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ८६९ पुगेको छ।