भारतमा ६ देखि १२ वर्षसम्मकालाई कोरोनाविरुद्धको २ खोप स्वीकृत

न्युजलय १५ बैशाख २०७९, बिहिबार ०७:५२ मा प्रकाशित

काठमाडौं  । छिमेकी मुलुक भारतमा पछिल्ला केही दिनदेखि कोभिड–१९ को संक्रमण बढ्दै गएको अवस्थामा १२ वर्षमुनिका बालबालिकाका लागि २ वटा स्थानीय खोप प्रयोगमा ल्याउन स्वीकृतिसमेत दिएको छ ।


भारत सरकारले बायोएनटेकले बनाएको कोभ्याक्सिनलाई ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि आपतकालीन प्रयोगको अनुमति दिएको स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

 

यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कहरूलाई लगाइसकिएको छ । यसका साथै भारतले दुई अन्य खोपलाई पनि आपतकालीन स्वीकृति दिएको छ । ५ देखि १२ वर्षका बालबालिकाका लागि कोर्बेभ्याक्स र १२ वर्षभन्दा माथिका बालबालिकाका लागि जाइडसको दुई मात्रालाई सरकारले स्वीकृति दिएको हो ।