काठमाण्डौ । सिक्किममा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ।
राजधानी गान्तोकदेखि माथि रहेको दोकान डाँडाँमा सोमबार राति पहिरो जाँदा आमा छोराको मृत्यु भएको हो।
अविरल वर्षापछि गएको पहिरोले विमल मगरको कच्चा घर पुर्दा उनकी २७ वर्षीय श्रीमती डोल्मा शेर्पा र एउटा १० र अर्को ७ वर्षको छोराको मृत्यु भएको जनाइएको छ।
गान्तोकका महकुमा अधिकारी रविन सेवा आफ्नो टिमसँग तत्कालै घटनास्थल पुगी उद्धार एवं खोजी कार्यमा जुटेका थिए।