एजेन्सी । साउदी अरबकी राजकुमारी तीन वर्षपछि शनिबार जेलमुक्त भएकी छन् । ५७ वर्षीया बस्मा बिन्त साउद महिला अधिकारको क्षेत्रमा लागेका कारण पक्राउ परेकी थिइन् ।
संवैधानिक राजतन्त्रका पक्षपाती रहेकी उनीसँगै उनकी छोरीलाई जेल मुक्त गरिदिएको मानव अधिकारवादी समूहले जनाएका छन् । स्वास्थ्यमा समस्या आएपछि पर्याप्त स्वास्थ्य उपचारका लागि भन्दै उनलाई रिहा गरिएको बताइएको छ ।