नाइजेरियामा लुटेराको आक्रमणमा कम्तिमा २०० जना मारिए

न्युजलय २५ पुस २०७८, आइतबार ०१:१० मा प्रकाशित

काठमाण्डौ । नाइजेरियामा लुटेराहरुको समूहको आक्रमणमा परी कम्तिमा २०० जनाको हत्या भएको छ । 

बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा हत्या गरेको स्थानीयले बताएका हुन् । राज्य सरकाले ५८ जनाको हत्या भएको जनाएको छ । मारिएका सबै जनाको सेनाले सामूहिक दाहसंस्कार गरेको छ ।

‘बन्दुकधारी लुटेराको आक्रमणमा मारिएका कम्तिमा १४३ जनाको दाहसंस्कार गरेको बताइएको छ । आक्रमणमा २०० भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।  ।

मोटरसाइकल चढेर आएका झन्डै ३०० आक्रमणकारीले १० ओटा गाउँमा हमला गरेर लुटपाट गरेको जनाइएको छ । उनीहरूले घरमै गोली प्रहार गरेर लुटपाट मच्चाएका थिए ।

यसैबीच, लुटपाट मच्चाउने १०० जना लुटेरा सेनाको कारबाहीमा मारिएको समाचार विवरणमा जनाइएको छ ।