काठमाण्डौ । भारतको उत्तरपश्चिम क्षेत्रमा कट्टरपन्थी हिन्दू धर्मगुरु सुधीर सुरीको गोली हानी हत्या गरिएको छ।
सिख धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र मानिने स्थलहरू मध्ये एक विश्व प्रसिद्ध गोल्डन टेम्पलमा अवस्थित अमृतसरमा शुक्रवार विरोध प्रदर्शन गर्ने क्रममा ५८ वर्षीय सुरीको हत्या भएको हो।
उनी कट्टरपन्थी धार्मिक समूह हिन्दू शिव सेनाका स्वघोषित नेता थिए। उनको हत्यासँग सम्बन्धित रहेको आशङ्कामा एक स्थानीय व्यापारीलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।
पञ्जाब राज्यका प्रहरी महानिर्देशकका अनुहार हाल ती सन्दिग्ध व्यक्तिसँग सोधपुछ भइरहेको छ।
भारत र अन्य देशमा रहेका सिखहरूले यसअघि सुरीलाई आफ्नो आस्था र समुदायको बारेमा अपमानजनक टिप्पणी गरेको आरोप लगाएका थिए।
प्रहरीका अनुसार सुरी हिन्दू देवताहरूको अपमान गरिएको कथित घटनाविरुद्ध प्रदर्शन गर्न अमृतसरस्थित स्थानीय मन्दिर बाहिर उपस्थित थिए।