नमाजपछि हवाडामा चर्को तनाव, इन्टरनेट र रेलमार्ग बन्द

न्युजलय २८ जेठ २०७९, शनिवार ०९:०२ मा प्रकाशित

काठमाडौं । भारतमा भारतीय जनता पार्टीका दुई नेताले पेगम्बर मोहम्मको विषयमा गरेको विवादास्पद टिप्पणीका कारण पश्चिम बंगालको हावडा जिल्लामा शुक्रबार चर्को तानव भएको छ । 

 

प्रदर्शनकारीले त्यहाँ भारतीय जनता पार्टीको कार्यालयमा तोडफोड मात्र गरेका छैनन्, त्यहाँको रेलमार्गमा समेत अवरोध पुर्याएका छन् । 


प्रशासनले त्यहाँको तनावलाई मत्थर बनाउन इन्टरनेट सेवा बन्द गरेको छ । 

 

त्यस्तै, त्यहाँ धारा १४४ पनि लागु गरिएको छ ।