अबुधाबीमा ग्यास विस्फोट हुँदा दुईको मृत्यु, १२० जना घाइते

न्युजलय १० जेठ २०७९, मङ्गलबार ०४:३९ मा प्रकाशित

 काठमाण्डौ । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । 

यस घटनामा परी अन्य १२० जना घाइते भएका छन् । प्रारम्भिक समाचारकाअनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ । यद्यपी दुई जनाको मृत्यु भएको प्रहरीले गरेको ट्वीटमा जनाइएको छ ।

सोमबार भएको विष्फोट नियन्त्रणमा आउनुअघि छवटा भवन र धेरै पसलहरुमा आगलागि भएको समाचारमा बताइएको छ । 

पहिलो पटक विस्फोटको आवाज सानो सुनिएको तर त्यसपछि चाँडै नै त्यहाँ ठूलो विस्फोट भएको र यसको आवाज पनि ठूलो आएको बताइएको छ ।