पाकिस्तानमा डेँगुको प्रकोप बढ्दै

न्युजलय २१ कार्तिक २०७९, सोमबार ०१:०० मा प्रकाशित

काठमाण्डौ । पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेँगुको प्रकोप झन् बढेको छ ।

स्वास्थ्य अधिकारीका अनुसार पाकिस्तानका पूर्वी प्रान्त पञ्जावमा पछिल्लो समयमा यसको प्रकोप बढेको पाइएको छ ।

पञ्जावमा मात्र आइतबार ४ जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी सिन्ध प्रान्तमा अर्का एकजनाको ज्यान गएको छ ।

पञ्जाव प्रान्तमा मात्र २४ घन्टायता दुई सयभन्दा बढी व्यक्तिमा डेँगुको सङ्क्रमण भएको पाइएको छ । सिन्धमा पनि यसको प्रकोप बढेको पाइएको छ ।