काठमाण्डौ । ब्राजिलको डुंगामाथि चट्टान खस्दा सात जनाको मृत्यु भएको छ ।
दुर्घटना ब्राजिलको दक्षिणपूर्वी इलाकामा भएको थियो । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् भने ३२ जना घाइते भएका छन् । घटना स्थानीय समयअनुसार बिहान ११ बजे घटेको हो ।
मिनास गेराइस राज्यमा बितेको केही दिनदेखि वर्षा भइरहेकाले चट्टान खसेको हुनसक्ने अधिकारीहरूले बताएका छन् ।
गोताखोरे र हेलिकप्टरको माध्यमबाट हराएका मानिसको खोजी भइरहेको छ भने घाइतेहरूलाई अस्पताल पुर्याइएको छ ।
तालको आसपासका मानिसले डुंगामा सवार मानिसलाई सतर्कता अपनाउन आग्रह गरेका थिए ।