घुस खाएको आरोपमा चिनियाँ पूर्वमन्त्रीलाई मृत्युदण्ड

न्युजलय २१ जेठ २०७९, शनिवार ०९:४६ मा प्रकाशित

काठमाडौ । कम्युनिष्ट पार्टीका पूर्व नगरप्रमुख र धितोपत्र नियामकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । तोङ दाओचीले चीनको धितोपत्र नियामक आयोग र नगर प्रमुखका पदमा बहाल रहँदा २ अर्ब ७० करोड भन्दा बढी घुस लिएको पाएपछि यो सजाय भएको हो ।

तोङ चीनको धितोपत्र नियामक आयोगको एक विभागको उपनिर्देशक हुँदा इनसाइडर ट्रेडिङमा संलग्न भएको सीसीटीभीले बताएको छ । त्यस क्रममा  उनले ३३.८ लाख युआनभन्दा बढीको अवैध नाफा कमाएको समाचारमा उल्लेख छ । 

चिनियाँ कानून अन्तर्गत, दुई वर्षको कारावासमा यदि तोङले असल आचरण देखाएमा उनको मृत्युदण्डलाई त्यसपछि आजीवन कारावासमा परिणत गर्न सकिन्छ । 

चिनियाँ राष्ट्रपति सी जिनपिङले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न थालेका छन् ।