काठमाडौं । भारतको केरलामा लगातारको वर्षापछि गएको पहिरोमा परेर २१ जनाको मृत्यु भएको छ। अझै ८ जना हराइरहेका छन्।
वर्षाका कारण केरलाको इडुक्की र कोट्टायम जिल्लामा पहिरो गएको हो। नदीहरुमा पानीको सतह बढेको छ। पठानमथिट्टा जिल्लामा भारी वर्षा भइरहेको र नदीमा पानीले खतराको सतह पार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
घटनास्थलमा सुरक्षाकर्मीहरुले उद्धार कार्यलाई तीब्रता दिएका छन्। उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको बताइएको छ।
भारतीय मौसम विभागले आगामी २४ घण्टामा केरलाका धेरै स्थानमा वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको छ।