तमिलनाडुमा सुपरस्टार विजयको ‘टीभीके’ बन्दै पहिलो पार्टी

न्युजलय २१ बैशाख २०८३, सोमबार ०२:३९ मा प्रकाशित

काठमाडौँ । दक्षिण भारतीय सिनेमाका सुपरस्टार जोसेफ विजयको पार्टीले तमिलनाडु विधानसभा चुनावमा आग्रता कायम गरेको छ।

विजयले दुई वर्षअघि स्थापना गरेर पहिलोपटक चुनावमा भाग लिएको तमिलगा वेट्री कडगम (टीभीके) पार्टीले अग्रता कायम गरेको हो।

विजय, जसलाई उनका प्रशंसकहरू ‘थलपति’ भनेर चिन्छन्, उनको पार्टी टीभीकेले मुख्यमन्त्री एमके स्टालिनको डीएमकेलाई पनि रुझानमा पछि पारेको छ।

मतगणनाको पछिल्लो परिणामअनुसार विजयको टीभीके पार्टी १०४ सिटमा अग्रता कायम गरेको छ भने सत्तारुढ द्रविड मुनेत्र कडगम (डीएमके) ६३ सिटमा मात्र सीमित छ। विपक्षी एआईएडीएमके पनि हाल डीएमकेभन्दा अघि बढेर ६७ सिटमा अग्रता बनाइरहेको छ।

विजयको पूरा नाम जोसेफ विजय चन्द्रशेखर हो। उनको जन्म २२ जुन १९७४ मा चेन्नईमा भएको थियो।