काठमाडौ । कोरोना भाइरसका कारण भारतमा थप २५ सय संक्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ।
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन।
संघीय स्वास्थ्य मन्त्रालयले दैनिक संक्रमित र मृतकहरूको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गइरहेको जनाएको छ।
पछिल्लो एक दिनमा एक हजार ६५६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।