भारतमा एकैदिन थपिए २ लाख ७७ हजार कोरोना संक्रमित

न्युजलय ५ माघ २०७८, बुधबार ०७:२९ मा प्रकाशित

काठमाडौँ । भारतमा कोरोनाको ग्राफ उच्च बिन्दुमा पुगेको छ ।


एकै दिन त्यहाँ २ लाख ७७ हजार ७४० जना कोरोना संक्र्रमित थपिएका छन् ।


यहि अवधिमा भारतमा एक लाख ७३ हजार जना संक्रमणमुक्त भएका छन् भने ४४२ जना संक्रमितको मृत्यु भएको छ ।


भारतमा अहिले संक्रिय संक्रमितको संख्या बढेर १८ लाख ४० हजारभन्दा माथि पुगेको छ ।


त्यहाँ अहिले ९ हजार जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् ।