भारतमा इनारमा खसेर १३ जनाको मृत्यु

न्युजलय ५ फाल्गुण २०७८, बिहिबार १०:२१ मा प्रकाशित

काठमाण्डौ । भारतको उत्तर प्रदेशस्थित कुशिनगर जिल्लामा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ।  

अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार राति एक विवाहमा सामेल हुन गएका मानिसहरु पुरानो इरानमाथि काठको फल्याकमा बसेका थिए।

धेरै मानिस बसेपछि फल्याक भाँच्चिएर उनीहरु इरानमा खसेमा थिए। घटनापछि तत्कालै उनीहरुलाई अस्पताल पुर्‍याइएको थियो। घटनामा परी घाइते भएकामध्ये दुईजनाका अवस्था गम्भीर छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि घटनामा दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई तत्काल उपचार र राहतमा जुट्न निर्देशन दिएका छन्।