काठमाण्डौ । अष्ट्रेलियामा एकैदिन कोरोना संक्रमणको कारण अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मंगलबार अष्ट्रेलियाको न्यु साउथ वेल्स, भिक्टोरिया र क्विन्सल्याण्डमा गरी ७४ जनाको कोरोनाको कारण मृत्यु भएको छ।
यसअघि गत बिहीबार कोरोना संक्रमणको कारण ५७ जनाको मृत्यु भएको थिए।
कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण बढेसँगै अष्ट्रेलियामा अस्पतालमा भर्ना हुनेको संख्या पनि बढेको छ।
पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड र तास्मानियामा गरी ६७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।