एजेन्सी । सन् २०२२ मा हङकङ छाड्ने मानिसहरुको संख्या वृद्धि भएको छ ।
हङकङबासीहरुले आफ्नो इच्छाले नभई कोभिड प्रतिबन्धहरुका कारण सहर छाडिरहेको बताएका छन् ।
हङकङका नागरिकहरुले कोभिड प्रतिबन्धहरुलाई प्रजातान्त्रिक मूल्य–मान्यताको क्षयिकरणका रुपमा व्याख्या गरेका छन् र यसले सहर छाड्न बाध्य पारिरहेको बताएका छन् ।
गत ६० वर्षको अवधिमा हङकङको जनसंख्या लगभग प्रत्येक वर्ष वृद्धि भइरहेको छ । जनगणना तथा तथ्याङ्क विभागका अनुसार हङकङको जनसंख्या सन् २०१९ मा ७.५ मिलियन पुगेको थियो ।
सन् २०१५ देखि २०१९ को बीचमा हङकङमा वार्षिक औसत ५३ हजार नयाँ बासिन्दा थपिएका थिए । तर सन् २०२२ मार्चको पहिलो दुई सातामा मात्रै लगभग यति नै संख्यामा मानिसहरु हङकङबाट बाहिरिएको हङकङको अध्यागमन विभागले जनाएको छ ।